काठमाडाै । सुनसरीमा हालै भएको अवाञ्छित घटना र त्यसबाट उत्पन्न असहज परिस्थितिका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गहिरो दुःख व्यक्त गर्दै शान्ति र सद्भाव कायम गर्न कडा अपिल गरेका छन् ।
सुनसरीको घटनाले सिङ्गो समाजलाई नै झट्का दिएको र आक्रोशका कारण ज्यान गुमाउने अवस्थासम्म पुग्नु अत्यन्तै दुःखद भएको उल्लेख गर्दै उनले मानवता विरोधी यस्ता क्रियाकलापमा संयमता अपनाउन आग्रह गरेका हुन् । उले समाजिक सञ्जालमा लेख्दै यस्ताे अपिल गरेका हुन् ।
प्रधानमन्त्रीकारूपमा मात्र नभई एक जिम्मेवार नागरिककारूपमा पनि यस घटनाबाट आफू मर्माहत भएको बताउँदै उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। पीडित परिवारको पीडतलाई सरकारले गहिरोसँग महसुस गरेको र न्याय तथा क्षतिपूर्तिको व्यवस्था छिट्टै गरिने उहाँले दृढता व्यक्त गरे ।
घटनाका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको बल प्रयोग र त्यसबाट नागरिकले ज्यान गुमाउनु तथा घाइते हुनुपरेको विषयलाई सरकारले कुनै पनि हालतमा सामान्य रूपमा नलिएको प्रधानमन्त्रीले स्पष्ट पारेका छन् । यस विषयमा आधिकारिक रूपमा अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनबमोजिम कडा कारबाही हुने कुरामा विश्वस्त रहन उनले आग्रह गरे ।
सरकारले घटनाको गम्भीर समीक्षा गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन तत्काल आवश्यक कदमहरू चालिरहेको जानकारी गराइएको छ। पीडित परिवारलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री बालेनले सबै नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावनाबाट टाढै रहन विशेष अनुरोध गरेका छन् ।
मानिसको सबैभन्दा ठूलो धर्म मानव जीवनको रक्षा गर्नु हो भन्दै बालेनले सबैलाई आपसी प्रेम, सम्मान र सामाजिक सद्भाव कायम राख्न अपिल गरे ।
सुनसरी जिल्लामा उत्पन्न भएको एक सामान्य विवादले उग्र रूप लिँदा समाजमा तनाव र झडपको स्थिति सिर्जना भएको थियो। सोही क्रममा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गर्दा भएको गोली प्रहारबाट एक जना नागरिकले ज्यान गुमाएका छन् भने केही अन्य नागरिकहरू घाइते भएका छन्। यस घटनाले स्थानीय जनजीवनलाई अस्तव्यस्त बनाउनुका साथै सामाजिक सुरक्षा र सद्भावमा गम्भीर चुनौती थपिदिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया